10. March 2021
Admin
General , Knowhow

बिदेशमा कामको सिलसिलामा होस् या अध्ययनको सिलसिलामा जो सुकै नेपालीलाई घर परिवारलाई अथवा साथी संगिलाई केही उपहार या सामान पठाइदिउँ भन्ने हुन्छ। आफु भन्दा साना भाईबहिनीहरुले त फोन कपडा वा नेपालमा सहजै उपलब्ध नहुने कुरा मागेर हैरान नै हुन्छ।
कुरियर गर्न खोज्दा धेरै जनालाई समानको मुल्य भन्दा अन्तरराष्ट्रिय कुरियर माध्ययमबाट पठाउने खर्च महंगो पर्न गएको घटना तपाईंहामीले नसुनेको कमै छौँ होला। तपाईंहामी नचाँहदा नचाँहदै पनि कुरयर माध्यमलाई महंगो मुल्य तिर्न वाध्य हुनुपर्ने अवस्था छ।
नेपालमा हुलाक सेवा अन्तररास्ट्रिय स्तरको भइनसकेको अवस्थामा बिगत पाँच बर्ष देखी डोमेस्टिक कुरियर सेवा प्रदान गर्दै आएको नेपएक्सप्रेसले एकै पटक अमेरिका र दुबइबाट आफ्नो अन्तरराष्ट्रिय सेवा बिस्तार गरेको छ। नेपालबाट संसारको जुन सुकै कुनामा समान पठाउन सकिने नेपएक्सप्रेसमा संसारको जुनकुनै कुनाबाट नेपालमा सामान ल्याउन पनि मिल्छ। कुरियर क्षेत्रमै नेपाली कुरियर कम्पनिले आयात र निर्यातमा सेवा आँफै उपलब्ध गराउन आँटेको पहिलो पटक हो।
धेरै नेपालीको पहुँचमा सेवा पुग्ने गरी मुल्य समायोजन गरिएको नेपएक्सप्रेसले भन्सार सेवा पनि उपलब्ध गराउँदै आएको छ। घरबाटै सामान उठाइ घर सम्मै पुर्याउने कार्यकालागी नेपालभर एक सय पैँतिस भन्दा बढी एजेन्ट हरु परिचालित छन।

प्रबिधिलाई आफ्नो मेरुदण्ड मान्ने नेपेक्सप्रेसमा संसारको जुनकुनै देशमा रहेर पनि कुरियर सेवा लिन सकिन्छ। वेबसाइट र मोबाइल एप मार्फत पनि सेवा लिन सकिने नेपएक्सप्रेसका सम्पूर्ण सेवा र मुल्य स्वत: एपले नै देखाउछ। आगामी दिनमा आफ्ना सेवा सुबिधा तथा प्रबिधिलाई समय सापेक्ष र दुरुस्त राख्दै नेपालीहरुकै सेवामा खटिने प्रण गर्दछ।